घर पुर्‍याई दिन्छु भनि गाडीमा चढाएर होटेलमा लिई क,रणी गरेको अभियोगमा पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

मोर। सुन्दरहरैचा नगरपालिका-४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबर,जस्ती क,रणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगि जबर,जस्ती कर,णी गरेको पिएको प्रहरीलाई जानकारी दिएको थियो।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो भने घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका-१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। ।

पक्राउ परेका तीनै जना उपर जब,रजस्ती क,रणी मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।