ल्होछारको अवसरमा निर्मला घिसिङको “शिरलफुल” सार्वजनिक (भिडियोसहित)

everest kitchen

काठमाडौं । ल्होछार पर्वलाई लच्छित गरेर गायिका निर्मला घिसिङले तामाङ सेलो गीत ‘शिरफुल’ को म्युजिक भिडियो बजारमा ल्याईएको छ । उक्त गीतको म्युजिक भिडियो शनिबार बनस्थली स्थित बर्गर हाउसमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

तामाङ सेलो तथा नेपाली संगीत जगतमा दिग्गज व्यक्तिका रुपमा रहेका बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको उक्त गीत निकै नै मनोरञ्जनात्मक बनेको निर्माण पक्षले जनाएको छ ।

गीत सार्वजनिक कार्यक्रमको अवसरमा बोल्दै गायक तथा संगीतकार चन्द्र दोङले गीत राम्रो बनेको बताए । उनले भने, “नेपाली गीतसंगीतमा सेलो गीतको छुट्टै पहिचान छ, शिरफुलले सेलो सांगीतिक बजारमा थप टेवा पुर्याउनेछ भन्ने कुरामा पुर्ण विश्वस्त छु ।”

गीतमा पद्म मोक्तानको शब्द रहेको छ भने रोहनी लामाको जबर्जस्त नृत्य रहेको छ । गीत सार्वजनिक कार्यक्रममा उपस्थिति धेरैले मोडल रोहनीको अभिनय तथा नृत्यको प्रसंसा समेत गरेका थिए । रोहनीलाई नरेन मोक्तानले साथ दिएका छन ।

त्यसैगरी भिडियोलाई अजय स्याङतानले निर्देशन गरेका छन् भने फनिन्द्र राईको ऐरेन्ज र सुमन खडकाको मिक्सिङ रहेको छ ।गीतलाई मनिष लामाले रेकर्डिङ गरेका हुन । निर्मला घिसिङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीत सर्वाधिक कार्यक्रमका गायक तथा संगीतकार चन्द्र कुमार दोङ, फूल कुमार बम्जन, खेम मोक्तान, प्रभात लामा, गायिका शशिकला मोक्तान, कमला दोङ लगायत दर्जनौं कलाकारहरु उपस्थिति रहेको थियो ।

https://youtu.be/1PKb2ZbUbQc