युवा संघद्वारा राक्सिराङ्बाट मकवानपुर एमालेमा निर्वाचित पदाधिकारीलाई सम्मान

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ नेकपा एमाले राष्ट्रिय युवा संघ नेपाल वडा नं. ६ कमिटी द्वारा राक्सिराङ गाउँ पालिकाको प्रतिनिधित्व गर्दै एमाले मकवानपुर जिल्ला कमिटीको हालै सम्पन्न ११ औं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिको छ।

शनिवार राक्सिराङ ६ को सिमार गाउँ स्थित सम्पन्न कार्यक्रम युवा संघ वडा कमिटी अध्यक्ष बिकाश तामाङको सभापतित्व र जिल्ला उपाध्यक्ष लाल बहादुर थापा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

त्यस्तै कार्यक्रममा एमाले जिल्ला सदस्य तथा राक्सिराङ वडा नं. ३ का वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा नं.६ का वडा अध्यक्ष सिंग लाल प्रजा, जिल्ला सदस्य सुन्तली मायाको प्रजा र बखत बहादुर प्रजाको उपस्थिती रहेको थियो भने राक्सिराङ ४ का वडा अध्यक्ष सञ्जय कोईराला र जिल्ला सदस्य मान बहादुर वाईबा भने विभिन्न समस्यहरु भएकाले अनुपस्थित भएका थिए ।

कार्यक्रममा एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामा र गाउँ कमिटी सचिव दिनेश चेपाङ लगायत गाउँ कमिटी सदस्यहरु र सात नम्बर पार्टी वडा अध्यक्ष पुर्ण बहादुर प्रजा, युवा संघ मकवानपुर जिल्ला कमिटी सदस्य,डि बि लोप्चन,शैलेन्द्र प्रजा, र कमल प्रजाको उपस्थित रहेको थियो।

कार्यक्रममा प्रमुख आतिथि थापाले आफ्नो भनाइ राख्दै युवा संघ पार्टीको खम्बा रहेको र एमाले जिताउन युवाको प्रमुख भुमिका रहने बताए । उनलेे भने, “अहिलेको गठबन्धन सरकार एमाले देखि तर्सिएर स्थानीय चुनाव गर्न बाट सात कोष पर भाग्दै गरेको छ ।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तामाङ ले ६ नम्बर वडामा एमाले बाहेक अरुले जित्छ भनेर हल्ला गर्दै हिड्नु भनेको दिउसै सपना देख्नु जस्तै रहेको बताए।