सरकारको खर्च भन्दा आम्दानी धेरै

everest kitchen

 

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिना १५ दिनमा खर्चभन्दा आम्दानी धेरै गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यसबीच पाँच खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दा ६ खर्ब १६ अर्ब रुपैयाँ स्रोत जुटाएको हो ।

खर्चभन्दा स्रोत प्राप्ति ७२ अर्ब रुपैयाँ बढी हो । असार मसान्त अर्थात् आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ४० अर्ब रुपैयाँ बजेट स्रोत प्राप्त गर्ने सरकारको लक्ष्य ५० प्रतिशत पूरा भएको छ ।

साउनदेखि सरकारले हालसम्म पाँच खर्ब १६ अर्ब नौ करोड रुपैयाँ राजस्व, ४९ अर्ब ३७ करोड रुपैयाँ गैरकर राजस्व र १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान प्राप्त गरेको हो । सरकारलाई अन्य स्रोतबाट ३६ अर्ब ८१ करोड रुपैयाँ प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।