सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको ‘ल्हास्सो मैच्याङ’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान र चर्चित मोडल सुस्मा मोक्तान लगायत कलाकारहरुको दमदार नेतृ रहका छन् ।

बरिस्ठ गायक एवं संगीतकार विश्व दोङको शब्द संगीत तथा अजय स्याङतनले निर्देशन गरेको उक्त भिडियोको छायांकन विक्रम मोक्तानले गरेेको हो भने संगीत संयोजक दिपेश प्रधानको रहेका छन् ।

काठमाडौंको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको उक्त गीतको सह-कोरियोग्राफी नरेन मोक्तानको रहेका छन् । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछार नजिकिँदै गर्दा एकपछि अर्को सेलो गीत बजारमा सार्वजनिक भइरहेको छ ।

विशेषगरी म्हेन्दो माया गायिकाको रुपमा आफुलाई स्थापित गर्दै आएकि सिरी लोप्चनले यसपटक भने सेलो गीत ‘ल्हास्सो मैच्याङ’ लिएर आएकि छिन् ।