सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको स्थापना

everest kitchen

देउखुरी । लमहीमा सुरक्षित वैदेशिक रोजगारको लागी आप्रवासी श्रोत उप-केन्द्र स्थापना गरिएको छ । ईलाका प्रशासन कार्यालय लमहीमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको उद्घाटन गरिएको हो ।

वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रोत उप-केन्द्रको स्थापना गरिएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए ।

लमही नगरपालिका उप—प्रमुख देबका बेल्वासेले विदेश जाने तयारीमा रहेकालाई सही सूचना दिन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा उनीहरुको समस्या समाधानका लागि पहल गर्न र फर्किएकालाई विभिन्न सीपतालिममा जोड्नका लागि केन्द्रले सहयोग गर्ने बताए ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले वैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि श्रोत उप—केन्द्र महत्वपूर्ण हुने बताए । शिवु खनाल/उज्यालो नेटवर्क