जेसुकै परिणाम ब्यहोर्नु परे पनि एमसीसी पारित गर्नुहुन्न: ‘दीपशिखा’

everest kitchen

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जेसुकै परिणाम ब्यहोर्नुपरे पनि अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबुल गर्न जोड दिइरहेका बेला उनले माओवादी कुनै पनि हालतमा एमसीसीको पक्षमा उभिन नसक्ने बताएका हुन् ।

‘एमाले र कांग्रेसलगायतका केही दल एमसीसीको पक्षमा छन्,’ उनले समाजिक संजालमा लेखेका छन्, ‘अध्यक्ष प्रचण्डको असहमतिमा संसदमा टेबल हुन पाएको छैन । खैर, एमसीसी पारित होला, नहोला नेकपा (माओवादी केन्द्र) एमसीसीको पक्षमा छैन ।’ एमसीसीकै कारण गठबन्धन टुट्न गए पनि टुट्न दिनुपर्ने दीपशिखाको भनाइ छ ।