सुनको मूल्य घट्यो

everest kitchen

काठमाडौं। आज सोमबार सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो। त्यसैगरी, सोमबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १७ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।