तामाङ पत्रकार संघ मकवानपुरद्वारा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

everest kitchen

हेटौंडा । नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८५८ औं ताक ल्हो (बाघ वर्ग) सोनाम ल्होछार को अवसरमा तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडा स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रमममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमान सिं पाख्रीन, तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाबहादुर घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, आदिबासी पत्रकार संघ मकवानपुरका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ प्रदेश महासचिव कृष्णसारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । चन्द्र पात्रो अनुसार यो बर्ष सोनाम ल्होछार १९ गते बुधबार परेको छ ।