बागमतीमा ३ दिने सार्वजनिक विदा

everest kitchen

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाको माघ १६ गते बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । बैठकले माघ १८ गतेदेखि २० गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ ।