चाइनिज नयाँ वर्षमा नेपाली राजदुतावास मलेसिया बन्द रहने

everest kitchen

 

काठमाडौं । चाइनिज नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द रहने भएको छ । माघ १८ अर्थात फेब्रुअरी १ मंगलबारको दिन दुतावास बन्द रहने भएको हो ।

दुतावासले एक सुचना जारी गर्दै, मलेसिया टेरिटोरी डे तथा चाइनिज न्यु इयरको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने जानकारी दिएको छ ।

दुतावास बन्द रहेपनि आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ ।