ल्होछारको अवसरमा राक्सिराङ्ले तीन दिन सार्वजनिक बिदा दिने

everest kitchen

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिन बिदा दिने भएको छ । माघ २१गतेदेखि २१ गतेसम्म बिदा दिने भएको गाउँ पालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै अध्यक्ष मल्लले उक्त सूचनाबाट नै गाउँ पालिका वासीहरुलाई सुचना मार्फत ल्होछारको शुभकामनाब्यक्त गर्नु भएको छ र कोभिड-१९ संक्रमण जारी रहेको हुदा स्वस्थ मापदण्ड पूरा गरि ल्होछार मनाउन आग्रह गर्दै पालिकाले दिएको सार्वजनिक बिदाहरुमा कोभीड खोप संचालन भने जरि रहने सूचनामा उल्लेख छ।