नवलपरासीमा अटो चालकको शव तलाउमा भेटियो

everest kitchen

 

नवलपरासी। नवलपरासी पूर्वमा एक जना अटो चालकको शव तलाउमा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका –१३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् ।

उनले चलाउने गरको अटो सडक छेउमा भेटिएको छ । स्थानीयका अनुसार गएराति घरमा रहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा कतै पुर्‍याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए ।

उनको हत्या भएको हुन हुन सक्ने आशंका स्थानीयले गरेका छन् । घटनास्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘हिलो र पानी भएको तलाउमा उनको शव डुबेको अवस्थामा भेटियो , घुँडा बाहिर देख्न सकिन्थ्यो’, एसपी महर्जनले भने, ‘अहिले शव खाल्डोबाट बाहिर निकालिएको छ ।’ अनुसन्धानका लागि प्रहरीले विशेष तालिमप्राप्त कुकुर समेत घटनास्थलमा परिचालन गरेको छ ।