एमसीसीको पक्ष लिनेहरु दलाल हुनः किराती

everest kitchen

काठमाडौँ । जसपाका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका सङ्घीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकाछन्, ‘साथीहरु दलालहरुलाई चिन्नुहोस्, एमसीसीको पक्ष लिनेहरु दलालहरु हुन् । अर्को कुरा, एमसीसी र बिआरआई एउटै होइन । नो एमसीसी ।’ जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच शत्तिफ्को टकराव भइरहेको बेला एमसीसी विवादले चर्को रुप लिदै गए जसपालाई थप नोक्सान पुर्‍याउने देखिन्छ । किरातीको यो अभिव्यत्तिफ्ले अब बाबुरामको साथ छाड्नसक्ने अनुमान गरिएको छ । किरातीले भट्टराईलाई नयाँशत्तिफ् पार्टी निर्माणदेखि हाल जसपा आईपुग्दासम्म दह्रो साथ दिदै आएकाछन् ।

जसपा प्रवास प्रदेश पूर्व उपाध्यक्षसमेत रहेका किरातीले नयाँशत्तिफ्देखि जसपासम्म आइपुग्दा पूर्वी एसिया ईन्चार्ज, एसिया प्यासिपिफ्क जिल्ला संयोजक, प्रवास हेडक्वार्टर लगायत पार्टीको विभिन्न तह र मोर्चा सम्हालिसकेका छन् ।

किरातीको संयोजकत्वमा तीन सदस्यीय जसपा प्रवासले एमसीसी कार्यदल गठन गरेर पार्टीलाई प्रतिवेदनसमेत बुभफएको थियो । उत्तफ् प्रतिवेदनमा एमसीसीको सात सकरात्मक पक्ष आठ नकरात्मक पक्ष पाँच सुभफव दिईएको थियो ।

एमसीसी होस वा बिआरआई, ऋण होस अथवा अनुदान राष्ट्रलाई हानी हुनेगरी सर्त मानेर लिन नहुने र संसदबाट पास गर्ने कुरा त भफ्न राष्ट्रलाई अत्यान्त खतरायुत्तफ् भएकोले एमसीसीका विरोधमा आम नागरिक उठ्न ढिला गर्न नहुने किरातीले पफेन सम्पर्कमा बत्ताएका छन् ।