सोनाम ल्होछारको अवसरमा संस्कृति घेदुङको सास्कृतिक कार्यक्रम

everest kitchen

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

सोनाम ल्होछार २८५८ को अवसरमा माघ १९ गते काठमाडौमा पनि नेपाल तामाङ संस्कृति घेदुङको सास्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रमलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरिएको कोरोना मापदण्डअनुसार आयोजना गरि निश्चित अतिथि पाहुनाहरुलाइ मात्र व्यवस्था गरेर रास्ट्रीय नाचघरमा दिउसो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।