बालिकालाई जबर्जस्ति गरि गर्भवती बनाएको अभियोगमा पक्राउ

everest kitchen

 

बर्दिया। १३ वर्षीया बालिकालाई जबरजस्ती क,रणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती क,रणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।