एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

everest kitchen

काठमाडौं। नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो ।

केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले जानकारी दिए ।