मलेसियामा सोनाम ल्होछार मनाईयो, मलेसियामा इ-पासपोर्ट अर्को हप्ताबाट

everest kitchen

मलेसिया। नेपाल तामाङ घेदुङ, मलेसियाको आयोजनामा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२२ भब्यरुपमा सम्पन्न भएकोछ । फेब्रुअरी २ तारीख क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा कार्यक्रम भएको थियो ।

“हाम्रो भषा धर्म र संस्कृतिको जगेणा गरौँ, सोनाम ल्होछार प्रबर्द्धन, हाम्रो सांस्कृतिक एकताको मुल नारा, तामासालिङ प्रदेश स्थापना हाम्रो राजनितीक एकताकप मुल अभिभारा” भन्ने मुल नाराको साथ आयोजीत बृहत कार्यक्रमको नेपाल तामाङ घेदुङ, मलेसियाका अध्यक्ष गजत दोङ तामाङ सभापति तथा नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख मोती बहादुर श्रीश मगरको प्रमुख आतिथि रहेका थिए । तेस्तै अन्य सामाजिक संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथि श्रीश मगरले मलेसिया र नेपाल बिचको सम्बन्धको बारे चर्चा गर्दै १९६० बाट कुटनैतिक सम्बन्ध स्थापना भएको हो । प्रथम र दोस्रो विश्व युद्धमा गोर्खा ब्रिटिसको रुपमा आएर मलेसियालाई अफ्ठ्यारो पर्द गरेको सहयोगको कारण अहिले पनि त्यो सहयोग मलेसियाले नबिर्सेको बताए । विश्व युद्धको समयमा मलेसिया आएका गोर्खा सैनिकहरुको सन्तानहरु मलेसियामा ११ सय देखि १२ सय रहेकोछ । उहाँहरुलाई सोनाम ल्होसार जस्तो सांस्कृतिक कार्यक्रमहरुमा निमन्त्रणा गरि हाम्रो परम्परा र संस्कृतिको प्रबर्द्धन र जगेणा गर्ने कार्यमा सहभागी गराउन प्रमुख अतिथिले आग्रह गरे ।

नेपाली दुतावास मलेसियाको बारेमा बोल्दै दुतावास मलेसियामा रहेको नेपालीहरुको समस्या समाधान र सुविधा दिने कार्यमा सधै तत्पर रहेको बताए । हाल (एमआरपि) मेसिन रिडएबल पासपोर्ट नविकरण गर्न बन्द गरि इ-पासपोर्ट अर्को हप्ताबाट जारी गर्नेछौं जस्का लागि आवश्यक सामग्री मलेसियामा आईसकेकोछ एक हप्ता धैर्य गर्न आग्रह गरे ।

मलेसियन सरकारले लागू गरेको रिक्यालिब्रेशन कार्यक्रम अन्तरगत अबैधानिक भएकाले भिषा लगाउन पाउने र ५०० रिंगेट तिरी स्वदेश फर्कन पाउने दुई प्रकारको कार्यक्रम थियो । जस मध्य भिषा लगाउन पाउने कार्यक्रम पुर्णरुपमा बन्द भएकोले अझै एजेन्टको भर नपर्न आग्रह गरे । स्वदेश फर्कने अवसर भने २०२२ जुन सम्म रहेकोले अबैधानिक नेपालीहरु सबै स्वदेश फर्कन आग्रह गरे ।

नेपाली दुतावास मलेसियाले श्रम स्वीकृति नविकरण श्रमिक आफैले गर्न पाउने सुविधा दिने भएको छ । आफ्नो श्रम स्विकृतिको आईडि र पास्वार्ड बिर्सेको वा थाहा नभएको भए दुतावासमा सम्पर्क गरे दुतावासले सहयोग गर्ने बताए । कोभिडको कारण नेपाल जान नपएाकोले मलेसियामा रहेको सबैको श्रम स्विकृतिको म्याद सकिसकेको छ । यदि श्रम स्विकृतिको म्याद सकिए पछि बिरामि पर्दा वा कुनै घटना हुने नेपालमा परिवारले सामाजिक सुरक्षा कोषबाट पाउने रकम तथा बिमाको रकम पाउदैन तेसैले सबैले श्रम स्वीकृति नबिकरण गर्न र गराउन सहयोग गर्न आग्रह गरे ।

शुभकामना मन्तब्य अतिथि हेमराज साप्कोटा, प्रकाश पन्थि, ईशवर राई, दिपक सुनाखरी, समीर मल्ल लगाएले दिएका थिए । कार्यक्रम स्थानीय कलकारहरुको तामाङ सेलो गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मलेसियाको विभिन्न ठाउबाट सयौंको संख्यामा भब्य उपस्थिति रहेको थियो ।