लघुकथा-प्रतिबद्धता

everest kitchen

लघुकथा-प्रतिबद्धता

शिव कुमार रेग्मी
जाडोको महिना थियो।चारै तिरको बाताबरण चिसोले सन्नाटा छाईरहेको थियो।मानिसहरू कठ्याङ्ग्रिएर हिडडुल गर्न साह्रै कम भैसकेको थियो।यो सम्पुर्ण क्रियाकलापलाई भाइरसहरूले निगरानी राखेका रहिछन्।

एक दिन बुज्रुक भाइरसको मनमा खुल्दुली मच्चिन थाल्यो।सम्पूर्ण भाइरसहरूलाई एककठ्ठा गराई बुज्रुक भाइरसले भन्यो,बाबू-नानी हो अब हाम्रो अस्तित्व र प्रजातीहरू नै मासिने डर लागिरहेको छ।हामीहरूले अब हाम्रो प्रजातीहरूको रक्षा र बिस्तार गर्न सकिन्छ? चिन्तित स्वरमा भन्यो अब हामीहरूले सप्त वर्षिय योजना बनाउनु पर्छ कि?

कोरोना भाइरसले हाँ ! हाँ ! उत्तम बिचार भन्दै समर्थन गर्दै भन्यो तर धेरैले भ्याक्सिन लगाईसके।जागृत भै सकेका छन्।बिना माक्स हिडडुल गर्न छाडिसके यस्तो अवस्थामा हामीहरूले पनि नाम परिवर्तन गरेर सप्त वर्षिय योजनामा जानु उत्तम हो तर यो योजनाको कुराहरू गोप्य रहनुपर्छ नि।

कोरोनाको कुरा चल्तिपुर्जा ओमिक्रोनले समर्थन जनाउदै भन्यो-बन्धुहरू हामीले हरेक वर्ष नाम परिवर्तन गरेर जादा मानिसहरूलाई थाहै हुदैन हामीहरू एउटै प्रजाती हौं केवल नाम बदलेको भन्ने।मानिसहरू निराकरण र रोकथामको लागि बर्सेनि भ्याक्सिन र दवाईको अनुसन्धान मै बिलिन हुन्छन्।बिकासका कुनै पनि कार्य गर्न सग्दैनन्। सधै लकडाउनले चारै तिर अँध्यारै-अँध्यारो मदराउन थाल्छ।मानिसहरू सरकार र प्रशासनको विरोध गर्दै मिटिङ,जुलुस,तोडफोड र आन्दोलनमा होमिन्छन्। यहीँ मौका छोपेर हामीहरूले पनि हाम्रो प्रभुत्व र अस्तित्व संसार भरी जमाउन सकिन्छ कि?

बच्चा भाइरस खडा भएर भन्यो अब मानिसहरूले हाम्रो भ्यारियन्ट पत्ता लगाई भ्याक्सिन गर्ने बेला सम्म अर्को नामले मौलाईहालिन्छ। यो सात वर्षिय भ्यारियन्ट भाइरसहरू: कोरोना,ओमिक्रोन,सेलियन,मेलियन,मार्कुटे,चुर्फुरे र ज्यानमाराको नामले परिचित भएर नै उदाउनु पर्नेछ।

आपसी छलफलबाट सबै भाइरसहरूले सप्त वर्षिय योजना र भ्यारियन्टहरू नाम सहित तयार गरेर सर्वसहमतीबाट निर्णय गरे।आफ्नो कार्यलाई बिस्तार गर्ने प्रतिबद्धता जनाए।