कर्णालीमा एमाले र सरकारबीच भएको सहमतिप्रति नेकपा एसको आपत्ति

everest kitchen

 

सुर्खेत । संसदको गतिरोध हटाउनेबारे कर्णाली सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सात बुँदे सहमतिप्रति सत्तारुढ नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ ।

सहमतिप्रति असन्तुष्ट एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा आफ्नै दलबाट सरकारकारमा सहभागी मन्त्री चन्द्रबहादुर शाहीलाई भेटेर ‘सम्झौता गर्नुको कारण’बारे सोधेका थिए ।

स्रोतका अनुसार एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला र पूर्वमन्त्री कुर्मराज शाहीले समेत एमालेसँगको समझदारी रुचाएका छैनन् ।