चाइनिज नँया वर्षको अवसरमा मलेसियाका विभिन्न राज्यमा भलिबल तथा फुटबल खेल सम्पन्न

everest kitchen
जनउद्धारले आयोजना गरेको पुरुष भलिबल

समिर मल्ल
मलेसिया। चाईनिज नंया वर्षको अवसरमा मलेसियाका बिभिन्न स्थानमा खुलकुद कार्यक्रम सम्पन्न गरिएको छ। ३० जनवरी २०२२ मा जनउद्धार केन्द्र मलेसियाको लभलेन सम्पर्क समितिले आयोजना गरेको महिला तथा पुरुष भलिबल प्रतियोगिता मलेसियाको पेनाङ्ग राज्यमा सम्पन्न गरेको छ ।

खेलमा महिला तथा पुरुष गरेर १० टिमले सहभागिता जनायका थिए । जसमा पुरुष तर्फको बिजेता सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया भयको छ भने पहिलो जनउद्धा केन्द्र लभलेन सम्पर्क समिती, दोस्रो जनउद्धार केन्द्र मलेसिया, तेस्रो डी .स्मुच्कर टिम भएको थियो।

त्यस्तै, महिला तर्फबाट क्रमश Sinang jager, hot babes , र jana junaaissher livelane community क्रमश प्रथम, द्धितिय , तृतीय भएको जनउद्धार केन्द्र मलेसियाका खेलकुद संयोजक बाल्कृष्ण भन्डारिले बताए ।

साथै उक्त प्रतियोगिताको अबसर पारी भाग्यशाली उपहार चिठ्ठा पनि खोलि बिभिम्न खालका ७ आकर्षक पुरुस्कार समेत बितरण गरियको थियो ।

SYC taamaan sri जुरुले ले पेनाङ्ग्मा आयोजना गरेको खेल सहभागी बिजेता टिम

त्यसैगरी १ र २ तारिख पेनाङ्ग राज्यकै जुरुमा एसवाईसी तामान श्री क्लब को आयोजना १२ ओटा टिमको सहभागीतामा खेल सम्पन्न भयको छ । जसमा आल्मा गुल्मीको टिम बिजय भयको थियो भने उपबिजेता तामान पलाङ्गी तथा तेस्रो सुदूरपश्चिमेलि समाज मलेसिया भएको सुप खेलकुद समितिका संयोजक धर्म भट्टराईले बताउनो बताए।

सुदूरपश्चिमेलि नेपाली समाज जोहोरले आयोजना गरेको खेल सहभागी

१ र २ तारीख कै दिन मलेसियाको जोहोर राज्यमा सुदुर पस्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय समितिले आयोजना गरेको खेलमा १४ टिमको सहभागीता रहेको र जसमा गोर्खाली समूह जोहोर प्रथम ,RJ समूह बातुपहाड द्धितिय , तथा लाफा समूह सेनाइ तृतिय भएका थिए । खेलमा बेस्ट स्टाइकर धर्मेन्द्र मगर ,उत्कृष्ट खेलाडी छक मगर, र अनुशासित खेलाडी शरु मगर घोषणा गरियको उक्त प्रतियोगिताका संयोजक तथा सुप जोहोर क्षेत्रिय समितिका अध्यक्ष तिलक चन्द ठकुरिले जानकारी गराए

इपोसिटी फुटबल कलब ले इपोमा आयोजना गरेको फुटबल खेल सहभागी बिजेता टिम

त्यस्तै इपोसिटि फुटबल क्लबको आयोजनामा सम्पन्न फुटबल प्रतियोगिता फेब्रुअरी १/२ तारीख वाईएमसिए फुटबल मैदानमा भएको थियो । प्रतियोगितामा मलेसियाको विभिन्न ठाउबाट १० नेपाली फुटबल टिमको सहभागिता थियो ।

उक्त प्रतियोगितामा साईनीङ स्टार फुटबल क्लब ईपो प्रथम स्थान हासिल गरि ७,५०० रिंगेट पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने इपोसिटि फुटबल क्बल दोस्रो हुँदै ३,५०० रिंगेट पुरस्कार जित्न सफल भएको थियो । प्रतियोगिताको स्पोन्सर सिटि एक्स्प्रेस मोनिट्रान्सफर रहेको थियो ।