आज देशभर बदली र वर्षा, भोलिदेखि पश्चिममा मौसम सुधार हुने

everest kitchen

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर नै घाम लाग्ने सम्भावना छैन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङसहित असिना पानी पर्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

आइतबारदेखि पश्चिम नेपालका जिल्लाहरुमा मौसममा सुधार आउने छ ।