कथा – झन्केको आँखामा विदेशी चश्मा
दमयन्ती फुँयाल
झन्के छ बर्ष पछि देश फर्किएको। मनमा कति उत्साह र आनन्द लिएर पुरानो गाँऊको छवि सम्झिदै प्लेनमा बसो। तेत्तिकैमा एउटी सुन्दरी(एयर होस्टेज) आएर झन्केलाई सीट बेल्ट बाँध्न अनुरोध गरी। उसले टिकट हेर्दै भनी–
”जन्के”! नाईस नेम। एन्जय योर जर्नी।
थेंक्यू…मुसुक्क हाँसेर झन्केले भन्यो।
प्लेन उड्यो। काठमाण्डौको एअरपोर्ट पुगेपछि उसले एउटा टेक्सी लियो। काठमाण्डौका बाटा- घाटा देखेर झन्के मख्ख पर्यो। बल्ल बाटाहरू गतीला बनेछन…. उसले… मनमनै भन्यो!
उसले नयाँ सड़कबाट छोरो प्रकाशलाई मँहगो खेलौना गाड़ी र छोरी प्रियालाई मँहगा मँहगो कपड़ा, जुत्ता…. किनिदियो। आमा बुवा र श्रीमतीको लागि पनि चप्पल, जुत्ता र कपड़ा लत्ता किनेर गाड़ीमा बसेको के थियो खलासीले चिच्यायो— :-यत्रो सामान कस्को हो..? लौ एकजनाको यत्रो सामान लिएर जान सकिदैन… अरू यात्रीको पनि सामान लैजानु छ । दाई अर्कै गाड़ीमा जानुस। नरिसाउनु होस् है। हामी खलासीले धेरै कुरा सुन्नु पर्छ। के गर्नू….!
-केही छैन हजुर म अर्को गाड़ीमा जान्छु।
झन्केले अर्को गाड़ी समात्यो… तर त्यसले पनि एत्रो सामान लिएर जान मिल्दैन भन्यो। विदेशबाट आएको झन्केलाई घर कतिबेर पुगौ भै रहेको थियो। उसले ढिलो नगरी छेउमै उभ्याई राखेको ट्याक्सीलाई लौ मलाई दाङ लैजा पैसा जे जति लाग्छ दिन्छु भन्यो। हवस हजुर भाडा चाही बीसहजार लाग्छ है हजुर।
-ल ल पैसा को चिन्ता नलेऊ। छिटो लैजाऊ।
-हवस हजुर…भन्दै उसले ष्टेयरिङ समात्यो।
गाड़ी गुढ्यो…..।
एसो हेर्दा विदेशबाट आएजस्तो लाग्यो… हो? अनि कति बर्ष विदेशमा रहनु भयो।
सात बर्ष बसेर फर्केको। अब यतै केही गर्छु।
-राम्रो कुरा। काम चाहीं के गर्नु हून्छ सोच बिचारेर शुरू गर्नुहोला।
-किन र सर? म मुर्ख देखिन्छु र?
-होईन हजुर….हाम्रो मान्छेलाई म कहाँ मुर्ख भन्छु त…! दुख गरेर कमाएको पैसा धेरै बिचार गरेर खर्च गरेमात्रै सफल हूईन्छ भनेको।
-किन तेसो भन्नुभयो …! अवश्य पनि सबैले आफ्नु पैसा सोच विचारेर खर्च गर्छन नि….!
-किन…कि,बसमा जाँदा दशभागको एकभाग खर्चहूने ठाऊमा यत्रो खर्च गर्न डराउनु भएन। मेरो त आऊन-जानमा तेल पोलिन्छ। परिवार पनि पालनु पर्छ…. तर हाम्रा सोझा दाजु-भाईले देखौटीमा बेकार खर्च गरेर कत्ति कष्टगरेर कमाएको धन गुमाउनु हून्छ।
-अनि बसले नै नलगेपछि के गर्नु त…?
-उसलाई बरु एकजनाको सीट लिन्छु.. भन्नु पर्थो।
जे भयो…. भयो। अब साने ड्राईभरको ड्राईभिङको मजा लिनुहोस….।
-भन्नुहोस कुन गीत सुनाऊ…?
-कुनै पनि…
-अहिले चर्चामा आएको हिन्दी गीत सुन्नुहोस…
-कुन गीत….
-ए… अफ्रीकी दाजु-बैनी किली र नीमा पलले तहलका मचाएका छन सर…. सोसियेल मीडियामा।देख्नचै काला छन…. धेरै काला…. तर… अभिनय चै सुपरष्टारको जस्तो गर्छ…। अँ… साचै उनीहरूले केवल लीपसिंग र एक्टिङ… गर्छन।
-हो… र..!
-हो त सर… मान्छेको भाग्य बदलिन के के हूँदो रहेछ..! बिचरा गरीब एउटा यसरी कहाँ बाट कहाँ पुग्यो…।
-यी हेर्नुहोस् भिडियो। अब म रफ्तार पकडछु….. उ….. हू…. भन्दै उसले गतिबेग बढायो
बिहान उनीहरू गन्तव्यस्थान पुगे। सानेले अब कता…! अब कता… भन्दै घर पुर्यायो। घरको अवस्था देखेर झन्केको विदेशी चश्मा उत्रियो। उसको घर आजपनि उही माटोले बनेको थियो। तर…. सामान्य परिवर्तन थियो। झन्के छक्क पर्यो। विदेशमा बसेर घरको हाल खबर नलिएर उसले ठुलो गल्ती गरेको भान भयो। उसले ल्यायेको सामान हेर्यो….. अनि… .एकपल्ट घरका सबै सदस्यलाई हेर्यो। उफ.. .!यो माटाको घर.. .. उकालो -ओरालो बाटो…..! आगोमा खाना पकाएर लुगा-फाटा पनि काला। महिना महिना अलि अलि गरेर पैसा पठाएको भए एता श्रीमतीले एउटा एउटा गरेर सामान जोडेर राख्थी होला। जानेबेला यी सब भनेर बुढीलाई फकाएर भएका गहना बेचेको !तो पनि अब कसरी जोड़नु….एत्तिकादिन ….विदेशमा बसेकोले अब यो माटाको घर कसरी टेक्नु…..!
विदेशमा पुगेर उसले आफ्नो गाउको स्थिति भुलेर गल्ती गरेछ।
वहा कमाई त्यति भएन। कमाई थोरै थियो तर बचाउने प्रयास उसले गरेन। उसले समय छँदै छ भनेर कमाएको पैसा उडायो। यसपाली चै खर्च गर्छु….. आउने महीना बाट घरकोलागि जोगाउछु…. भन्दा भन्दै…. दिन बिते….., तर झन्केको पैसा बचाउने महीना कहिलै आएन। पहिले पहिले घरमा महीना दिनमा एकचोटी फोन त गर्थो….. पछि… पछि त हफ्तामा छुट्टीको दिन कहिले आउछ र साथीहरूसँग भेट हून्छ भनेर पर्खिदै बितने भयो…! नहोस पो किन..! विदेशमा आफ्नो भाषा मिल्ने सँग कुरा गर्नसम्म पाइन्न….! दिनरात काममा खटिनु पर्छ…..! सहानुभूतिको बोलीसम्म सुन्न पाइदैन….! केवल काम सही चाहिन्छ…!
सँगै गयेको हर्के घर गयेर फेरी एक महिना पछि फर्किदा झन्केलाई पनि घर आऊन मन लाग्यो। …… उफ…! अब फेरी विदेश जान पनि उत्तिनै पैसा चाहिन्छ…… जो फेरि सम्भव हूने छैन। हामीलाई भाग्यले कहिलेकाही साथ दिएको हून्छ। तर मौका गुमाउने हरूले फेरी….. फेरी मौका पाइन्छ भन्ने सोचले आएको मौका गुमाएर अन्तमा खालीहाथ हूनु पर्दछ। झन्केलाई उसले गरेको गल्तीको अफसोस त भयो जो कि अहिले गरेर र सोचेर हूदैन। अब जे भए पनि उसको बारीनै अब उब्जनीको स्रोत बनाउनु पर्ने बाध्यता आएको छ।
झन्केले पहिले बारीमा कोदो, तोरी, आलुको खेती गरेको सम्झिएर अब त्यही गर्ने निर्णय गरेर टेक्सी बिदा गर्न तर्फ लाग्यो।