पत्रकार सबिन कुमार लोप्चनलाई पृती शोक

everest kitchen
ज्ञान बहादुर

काठमाण्डौं। हिमाल टाईम्सकर्मी तथा पत्रकार सबिन कुमार लोप्चनलाई पृती शोक परेको छ। पत्रकार लोप्चनका बुवा मकवानपुरको राक्सिराङ-६ निवासी ज्ञान बहादुर लोप्चनको ७८ वर्षको उमेरमा निधन भएको हो।

ज्ञान बहादुरको काठमाण्डौंको सिनामंगल स्थित काठमाण्डौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका काईलो छोरा सबिन कुमार लोप्चनले बताए। मृतकलाई प्रेसरको समस्या रहेको लोप्चनले बताए।

उनको भोलि तामाङ्गको बौद्ध संस्कार अनुसार गाउँमा अन्तिम संस्कार गरिने बताएको छ। ज्ञान बहादुर मकवानपुर जिल्लाको साविकको काँकडा गाबिसको संथापक नेतासमेत रहेका थिए।