सबैको सहमतिमा एमसीसीलाई अघि बढाउछौँ : परराष्ट्रमन्त्री खड्का

everest kitchen

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताएका छन । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले बिभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सवैको सहमतिमा नै यसलाई अघि बढाउने बताएका हुन ।

उनले एमसिसी गरिवी न्युनिकरणको लागी अमेरिकाले दिएको एउटा पारीयोजना मात्र रहेको जिकिर गरे । एमसिसी परियोजना नेपालमा लागु भए नेपालमा बिधुत उत्पादन अत्याधिक हुने र उक्त बिधुत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए।

कार्यक्रममा बिभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।