“समानताको खोक्रो वकलात”

everest kitchen

कविता -“समानताको खोक्रो वकलात

बिप्लबी तेन्जु योन्जन

समानताको नाममा
बर्षौ बर्ष देखि
वकलात गर्नेहरुको
भिड असन्ख्याक
भेटिन्छ यहाँ
खोक्रो आडम्बरी
अनि उहीँ
कागजी कानुनको
खोल ओढेर
उहीँ पुरानो
सैलीमा
आफ्नै सुरमा निरन्तर
वकलात गरि रहदा
वर्ग विहिनताको लागि
उठेका आवाज दबाउन
हरेक प्रयोजनमा
सुनियिजित तवरले
बिखण्डनको प्रयोग भैरहेछ।
नबुझ्ने मात्र हैनन
जहाँ लाल बुझक्कडहरु
बाटै नबुझे झै
सामन्ती अनि समानतालाइ
थिची रहेछ।

जहाँ राति भुवालेको
अँखा बाले झै
लठ्ठ पारिहेछन्।
अनि अबुझ भईरहेछन् त्यसैले कुटिल घोषणा
गर्दै समानताको
पक्षधारलाई
सधै अन्धो बनाई रहेछ
झुटको खेति गर्दै
भाषणको रुपमा
आफ्नो बहुमत ल्याउन
सारालाई पङ्गु बनाउदै
भनी रहेछन
उनै सोझा जनताहरुसग
त्यहि हो जुनको सितल उज्यालो
त्यहि हो घामको न्यानो ती रोशनी
त्यही हो हाम्रो गन्तव्यको
सजिलो र फराकिलो बाटो ।
तर हामि मुर्ख
नबनौ किन कि
हामिले आफै विचार गरौ
हुचिल (भुत्रुङले) विरालो फकाउन
विरालोकै आवाज निकाल्ने गरेको तितो इतिहास ताजै छ ।
यस्ता अरु पनि
धेरै उदाहरण छन
जसरी गुधुली
साँझमा झ्याउकिरीहरुको आवाजले
बटुवाहरुको पदचाप दमित पारे अनि
हाम्रो आवाज ओझेल मा रहेको भास गराउछ
त्यसैले म भन्छु
हाम्रो
पाईला पाईलामा शोषित छौ
हरेक पलमा ठगि रहेछौ मान्छेहरु ।

तर जुन बिषयको
टुंगो नलाग्दै
यहाँका हरेक हल्लाकै भरमा दिन प्रतिदिन
गन्तव्य फेरिन्छ
फेरिन्छ केन्द्र
फेरिन्छ प्रदेशको राजधानी
फेरिन्छ गाउँ पालिकाको नाम केन्द्रहरु
आशा र आस्थाको
ति पर्खालहरु
एक एक
बिबस्ता भित्रको
जन्जिर भित्रै
रहेकोछ
जस्तो
वोईलर कुखुराको चल्लाहरु
एउटा बत्तीको सिमित घेरामा
बन्दी गराए झै ।
हामी भित्र पनि विभिन्न
बहानामा
कुसस्कारको दलदलमा
धकेली रहेकोछ
समानताको वकलात
गर्नेहरुले
समाज परिबर्तनको
हुइ चुट्चुट्दै
हामी माथि नै सोसन
अत्यचारि पुर्ण
कानुन लादिएको
प्रकास रुपि पर्दा हो
उज्यालोको तगारो हो ।
त्यसैले त आज
देश भित्र देश जन्माउने
परिबतित बिचारको नाममा
भविष्य रुपि योजनामा
गुलियो लड्डुमा
हरेक खाले
झिङ्गा अनि
पुतलीहरुसंग´रुम्मिरहेछन्।

हिँजो बाध्यतावश गरिने उसको सेवा
भनिने काम हरु
अहिले हरेक नेपालीहरुको रहर बनिरहेछ।
हिँजो युद्धमा हराएर चल्ने उसका लुटपाट
अहिले मित्रताको नाममा चलिरहेछ।
यो असमजदारी
अनि भ्रष्टाचार
पुजिवाद सोच बिचार
अनि असमान्ताको
पर्खाल नटोड्ने हो भने
सिङ्गो नेपाल
फक्रिएको फूल भित्रको
माहुरी बन्न सक्छ ।
जहाँ हाम्रो देशमा क्याविनेट जुस दिएर
घुस लिन जानेको छ ।

कहिल्यै नबिग्रने महको नदी
प्राकृतिक कच्चा माल
दाताहरुलाई सुम्पेर
देशको रक्षा गर्न जानेको छ।
सिमानाको चौघेरा भित्र मात्र
देश सुरक्षित हुन्छ।
सुरक्षित त केवल
जहाँ निर्णयको टेबलमा
नेपाली खोलमा
विदेशी मन आसिन हुन्छ।
जहा इसाराको भरमा
सारा काम सम्पन्न हुन्छ।
हामी किरणहरुबाट प्रताडित छौँ
जहाँ गरिब चेलिहरुको
अस्मिता लुटिदा
बलात्कारिलाइ
सजायको सट्टा
घुस लिएर बिना
धरौटी रिहाई गरिन्छ
जो समनताको वकलात गर्दै सदनमा कुर्लिन्छ
उसैले गुन्डा गर्दी गर्नेको
संरक्षक बनी
सम्रक्षण दिदै
आफ्नो स्वार्थ भित्रको
सँकुचित भवनामा
लालयित हुँदै
भत्ता भोजन
गरि रहेछ।
खुलम खुल्ला
कानुनलाइ आफ्नो
कमाउने व्यापार बनाइरहेछ
समानताको खोक्रो वकलात गर्ने हरुले …….