मलेसियाबाट पनि नेपाली ई-पासपोर्टको आवेदन दिन पाउने

everest kitchen

काठमाडौं । नेपाली दुतावास मलेसियाले २०२२ फेब्रुअरी ९ तारीखका दिन देखि ई-पासपोर्ट सेवा सुचारु गरेको छ । मलेसियामा रहेको नेपालीहरु उपस्थिति बिच कार्यबाहक राजदुत मोती बहादुर श्रीश मगरले ई-पासपोर्ट लन्च कार्यक्रममा मलेसिया ई-पासपोर्ट सेवा सुचारु भएको घोषणा गरेका थिए ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राहदानी बिभाग महानिर्देशक डोरनाथ अर्यालले नेपाल सरकारले जारी गरेको ई-पासपोर्ट एसियाकै उत्कृष्ट रहेको बताए । ई-पासपोर्टको इलेक्ट्रोनिक चिप्समा सबै बिवरण रहने भएकोले दुरुपयोग गर्न असम्भव रहेको उनलेे बताए । नेपालमा मंसिर १ बाटै ई-पासपोर्ट बितरण सुरु गरेका थियौं “उनले भने” “अब मलेसियामा पनि ई-पासपोर्ट मात्र जारी हुनेछ, मलेसियामा रहेका नेपालीहरुलाई बधाई छ ।”

कोभिड तथा प्राबिधिक कारण केही हप्तासम्म प्रत्येक दिन भिषा नबिकरणको लागि पासपोर्ट अत्यावश्यक भएका ३० जना सेवाग्राहीको पासपोर्ट नबिकरण फारम मात्र लिने र लगतै संख्या थप गरिने बताएको छ । पासपोर्ट हराएका वा अन्यका लागि नयाँ पासपोर्ट बनाउने आबेदन केही समय पछि खुलाउनेछौ केही समयको लागि धैर्य गरि दिन र ई-पासपोर्ट बनाउन आउदा सबैले अनलाईमा ई-पासपोर्ट आबेदन फारम “Passport department of Nepal” को साइडमा भरेर आए सहज हुने द्वितीय सचिव एशु बस्नेतले बताए ।

आज ४० जना सेवाग्राहीले आबेदनको टोकन लिएका मध्य ३३ जनाको ई-पासपोर्ट आबेदन स्वीकृति गरिएको छ । जस मध्य मलेसियाबाट ई-पासपोर्ट लिने पहिलो ब्यक्ति श्याम कुमार चौधरी रहेका थिए ।

ई-पासपोर्ट लन्च कार्यक्रममा मलेसियामा रहेका कृयाशील संघसंगठका प्रतिनिधि, ब्यबसायी, पत्रकार तथा सेवाग्राहीहरुको उत्साहजन उपस्थिति रहेको थियो ।