“स्याउ स्याउ नाना” महिला संस्करण” सार्वजनिक

everest kitchen

अमिर लोप्चन
काठमाडौ ।१४ जना चर्चित सेलो गायिकाहरुको अवाजमा प्रकाश तामाङ तितुङको “स्याउ स्याउ नाना” महिला संस्करण ” सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको नयाँ गित “स्याउ स्याउ नाना” नामक सेलो गित बजारमा सार्बजनिक भएको हो ।

यसअघि पुरुषको स्वरमा रहेको उक्त गीतमा “स्याउ स्याउ नाना” पुरुष संस्करणमा लोकप्रिय गायक प्रकाश तामाङ तितुङको स्वर रहेको थियो । गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायिकाहरुको स्वरमा पुनः लिएर आएका छन् ।

पछिल्लो समय सांगीतिक आकाशमा उदायमान मकवानपुरे गायक तितुङको प्रयासमा तामाङ जगतका प्रायः गयिकाहरु एकै गितमा अटाएको यो नै पहिलो र ऐतिहासिक बनेको छ।

गायक प्रकाशले स्वर्गीय संगितकार गोपाल योन्जनको संगितलाई ताजागि गर्ने उद्देश्यका साथ स्याउ स्याउ नानालाई रिमेक गरेको बताएको छ । जुन गितको शब्द संकलन बुद्धरत्न तितुङ र गायक स्वयम् ले गर्नुभएको छ । यस गितको मेल भर्जनलाई हाल सम्ममा १० लाख भन्दा बढी पटक हेरिसकेका छन् ।

फिमेल भर्जनको गितमा वरिष्ठ गायिका इन्दिरा गोले, शशिकला मोक्तान, बबिता पाख्रीन, निर्मला घिसिङ, जितु लोप्चन, सुमिना लो, अन्जु थोकर, रेश्मा बोम्जन, पुजा लामा, बिमला थिङ, सुजिता योन्जन, सृजना स्याङ्तान, लक्ष्मी स्याङ्तान र सुजना रुम्बाले स्वर दिएका छन् ।

गितको एरेन्ज स्वयं प्रकाश तामाङ तितुङले नै गर्नु भएको छ । त्यस्तै दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ निर्मल कुमार लामाको निर्देशनमा फराज अर्पणले छायांकन सम्पादन गरेका हुन् । भिडियोलाई प्रकाश तामाङ (तितुङ) युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। गितलाई हालसम्म २ लाख बढीले हेरि सकेका छन् ।