जनयुद्ध दिवसमा त्रिवेणीमा सार्वजनिक विदा

everest kitchen
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम )

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सो दिन गाउँपालिकाले १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले एक सुचना जारी गर्दै, गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ-संस्था बन्द रहने गरी सार्वजनिक विदा दिएको जनाएको छ ।

नेपालमा माओवादीले दश वर्षे सशस्त्र जनयुद्ध सुरुवात गरेको दिन रुपमा रहेको फागुन १लाई “जनयुद्ध दिवसको” रुपमा मनाईदै आएको छ।