पीएनसीसीद्वारा आयोजित “प्रवासी संग डाक्टर”को तेश्रो शृंखला मृगौला सम्बन्धि हुने

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आगामी फाल्गुन ६ गते तदअनुसार १८ फेब्रुअरी २०२२ को दिन नेपालको समय अनुसार साँझको ठिक ७ बजेबाट  सुरुहुने  बताएको छ । “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको यो तेश्रो शृंखला हो।

कार्यक्रममा मृगौला सम्बन्धि समस्या तथा समाधान विशेष रहने बताएको छ। आयोजकका अनुसार, मृगौला सम्बन्धि समस्या तथा समाधान बारेमासंगै अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारी, सल्लाह, छलफलसमेत रहनेछ ।

सो सम्बन्धि सहिद धर्मभक्त रास्ट्रीय प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर कल्पना श्रेष्ठले परामर्श दिने बताएको छ।

कार्यक्रममा सहभागी रहनेले समयमानै Meeting ID: 770 971 7556 र Passcode: pncc को प्रयोग गरी कार्यक्रममा फाल्गुन ६ मा साँझ ७ बजे सहभागीता जानाउन सक्नेछन् ।