मलेसियाको पेनाङमा नेपाली कामदारहरु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिदा दर्जन बढी घाइते

everest kitchen

समीर मल्ल
मलेसिया । शनिबार करिब ७:३० को समयमा मलेसियाको पेनाङ राज्यमा अवस्थित माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको भ्यानलाई बिपरित दिशाबाट आईरहेको ट्रक (लोरी) अनियन्त्रित भैई ठक्कर दिएको छ । लोरीले ठक्कर दिदा बसमा सवार कामदारहरु घाइते भएका छन ।

पेनाङ राज्यको पेराइस्थित सडक किनारमा रहेको पेट्रोलपम्प नजिकैको सडकमै सो सवारी दुर्घटना भएको घटना पश्चात् घाइतेहरुलाइ भेट्न पुगेका प्रवासी समन्वय समिती (पीएनसीसी) मलेसियाका संयोजक मछेन्द्र नाथ चापागाईंले बताए ।

अस्पतालमा घाइतेहरुसंग भेटघाट र स्वास्थ्य अवस्था बुझ्न पेनाङ्नै पुग्नुभएका दूतावासका श्रम सहचारी प्रकाश पन्थीले बताए अनुसार सो सवारी दुर्घटनामा परि नेपाली कामदार सवार बसलाई लोरीले ठोक्दा पुर्ण रुपमा कुल्चिएको भएता पनि उक्त बसमा सवार नेपालीहरुमध्ये कसैको पनि मृत्युु भएको छैन । २१ जनामध्य ५ जना चाहिँ घटनास्थलबाटै रुम फर्किसकेको साथै बाँकी घाइतेहरुको सेब्राङ्गजया स्थित अस्पतालमामा ११ जना र ३ जनाको उपचार बुकिट म्रेताजाम हस्पिटल भैईरहेको बताए।

घटना भएको थाहा भएपछी पेनाङ्गमै रहेका नेपाली राजदुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी, जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा, प्रवासी समन्वय समिती (पीएनसीसी) मलेसियाका संयोजक मछेन्द्रनाथ चापागाईं , अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बरिस्ठ उपाध्यक्ष तथा हिमाल टाइम्सकसमीर मल्ल, समाजसेवी तथा व्यावसायि शुरेश कुमार देबकोटाले घाइतेहरुहरुको उपचाररत हस्पिटल पुगेर स्वास्थ अबस्थाबारे जानकारि लिएका थिए ।

सामान्य चोटपटक लागेका नेपाली कामदारहरु उपचार पश्चात् रुम फर्किसकेको र अन्य केहि हातखुट्टामा चोट लागेका नेपालीहरुको थप चेकजाँच र उपचार भैइरहेको श्रम सहचारी पन्थीले बताए ।