हेल्प मधेशी मलेशिया केएल शाखाद्वारा सहनीको परिवारलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
धनुषा । शनिबार जिल्ला धनुषा अैारही गाउँपालिका वडा न.-६ टाेल (चंकर) का अन्दाजी ६० बर्षका किशोरी सहनी काे परिवारलाई हेल्प मधेसी मलेसिया केएल दलानले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था एकदमै कमजोर रहेर समस्या रहेका उनीहरूलाई संस्थाले १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
आर्थिक अभावमा जीवनयापन गर्नसमेत कठिनमा रहेको उनको परिवारको छाेरीलाई घाँटी फुलिने राेग लागेपछि उनको उपचारमा समेत समस्यामा भएको थियो ।

सहनीको परिवार आर्थिक अभावमा रहेकोले हेल्प मधेशी मलेशिया शाखा केएल दलान सँग आर्थिक सहयोगको लागि अपिल गरिएको थियो ।हेल्प मधेशी मलेशिया केअल दलान का सचिव राजेन्द्र यादवलाई पिडीत काे बारेमा स्थानीय युवाहरुसमेतले खबर गरेका थिए।

दलानका सचिवले केएल दलानका अध्यक्ष जमिर मंन्सुर लाई समस्या काे बारेमा जानकारी गराएका थिए । समस्या बारे अध्यक्षले जानकारी पाएपछि संस्थामा छलफल गरेर उनको परिवारलाई सकेको सहयोग गर्ने निर्णय गरिएको थियो ।