मृतक ज्ञान बहादुरको श्रद्धाञ्जली सभा गर्दै कांग्रेसद्वारा आर्थिक सहयोग

everest kitchen

मकवानपुर।नेपाली कांग्रेस मकवानपुर जिल्लाद्वारा कांग्रेस जिल्ला प्रतिनिधि एवम् कृयाशिल सदस्य दिप लोप्चनको पिता राक्सिराङ गाउँपालिका ६ सिमरगाउं निवासी स्वर्गीय ज्ञान बहादुर लोप्चनको १३ औं दिनको पुन्यतिथिमा आज शोक सभा कार्यक्रम गरेको छ।

स्व. ज्ञान बहादुर लोप्चन ७७ बर्षको उमेरमा २०७८ माघ २१ गते भएको दुःखद् निधनमा शोक ब्यक्त गर्दै आज १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस संघिय महाधिवेशन प्रतिनिधि तथा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, राक्सिराङ ८ का वडा अध्यक्ष तथा कांग्रेस नेता रामकृष्ण प्रजा, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को सचिव सन्तोष थापा, आदिवासी जनजाति समन्वय समिती राक्सिराङ गाउँपालिकाका संयोजक गणेश ब्लोन, कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बा, उपसभापति मोहन नगरकोटी साथै कांग्रेसका नेताहरु देव लामा, जय बहादुर तितुङ, राजकुमार प्रजा लगायतको उपस्थिति रहेको थियो ।

शोक सभामा नेपाली कांग्रेसद्वारा परिवारलाई १७ हजार ५०० रुपैयाँ समेत सहयोग गरेको छ।