एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की

everest kitchen
dGqL sfsL{af6 dlGqkl/ifbsf lg0f{o ;fj{hlgs
sf7df8f}F, #@ ;fpg M
dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{glhs ub}{ sfg’g Gofo tyf ;+;bLo dfldnfdGqL Pjd ;/sf/sf k|jQmf 1fg]Gb|axfb’/ sfsL{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं। सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।

बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुनः बैठक बस्ने छ,’ उनले भने ।

उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् ।