प्रवासीसंग डाक्टरको तेस्रो श्रृङखला सम्पन्न, मृगौला रोगीको १० प्रतिशतको मृगौला फेल

everest kitchen

काठमाडौं । फाल्गुल ६ आईतबारका दिन प्रवासी समन्वय समितिको प्रवासीसंग डाक्टर कार्यक्रमको तेस्रो श्रृङखला मृगौला सम्बन्धि स्वस्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भर्चुअल जुमको माध्यबाट डा. कल्पना कुमारी श्रेष्ठले परामर्श प्रदान गरेकी थिईन ।

कार्यक्रममा डाक्टरले परामर्श राखिसके पछि प्रश्न उत्तर चरणमा उल्लेख्य मात्रामा मृगौला बिरामी तथा आफन्तहरुको जिज्ञासाहरुको जवाफ तथा परामर्श प्रदान भएको थियो । यस कार्यक्रममा जुमको माध्यमबाट खाडिमुलु तथा अन्य धेरै देशबाट १३० भन्दा बढि सहभागी रहेको थियो ।

नेपालमा भएको रिसर्च अनुसार कुल जनसंख्याको १०% लाई मृगौला सम्बन्धि कुनै न कुनै रोग रहेको देखिएको छ । मृगौला रोगीहरु मध्य १०% को मृगौला फेल हुने गरेको छ । तेस्को मतलब प्रत्येक बर्ष ३००० जना नयाँ मृगौला फेल भएको बिरामी थप हुने गरेको छ ।

डाक्टर कल्पनाका अनुसार, मृगौला फेल हुनु भनेको निरन्तर ३ महिना भन्दा बढि समय मृगौलाले गर्ने काममा ह्रास हुनु र मृगौलाको आकार सुक्दै जानु हो । मृगौला रोग सुधार हुने र सुधार नहुने गरि २ प्रकारको हुन्छ ।

मृगौला सम्बन्धि रोगको जोखिममा मधुमेहका बिरामीहरु, उच्च रक्तचापका बिरामीहरु, बढि तौल वा कम तौल भएकाहरु, पासाब इन्फेक्सन पटक पटक हुने बिरामीहरु, धुम्रपान तथा मध्यपान गर्नेहरु, बढि केमिकल प्रयोग हुने ठाउमा काम गर्नेहरु र पानी कम पिउनेहरु रहेको छ । तेसैले यी रोगहरुको उपचार, कुलत त्याग्नु र स्वस्थ बानी ब्याबहारहरु अपनाउनु डाक्टर कल्पनाको सुझाव रहेको छ ।

त्यस्तै, उनले भनिन्, “मृगौला फेल भएको नजाची थाहा हुदैन, यो साइलेन्ट किरल रोग हो । खाना नरुचने, बान्ता हुने, छाला सुक्खा हुने, कमजोरी हुने, स्वास बढ्ने, पिसाबको मात्रा कम हुने, शरिर सुनिने, मुटुको धड्कन बढ्ने जस्ता लक्षण देखिए मृगौला जाँच गराउन जरुरी हुन्छ ।”

मृगौला फेल भए पछि डायलासिस र ट्रानसप्लान्ट मात्र बिकल्प रहन्छ । नेपालमा हाल ७३ केन्द्रबाट मृगौला डायलसिस पुर्णरुपमा निशुल्क हुन्छ ।

नेपालमा मृगौला रोग उपचारको लागि बिदेश जानु पर्ने अवस्था छैन । नेपाल सरकारले बिपन्न नागरिक कोषबाट मृगौला डायलसिस आजीवन निशुल्क र प्रत्यारोपणको लागि ४ लाख तथा अन्य खर्च १ लाख ५० हजार दिने ब्यवस्था गरेकोछ ।

नेपालमा मृगौला प्रत्यारोपण त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटल काठमाडौं, वीर हस्पिटल काठमाडौं, गान्दी इन्टरनेशनल हस्पिटल काठमाडौं, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, सुमेरु हस्पिटल ललितपुर, किस्ट मेडिकल कलेज ललितपुर र साइन्स मेडिकल कलेज चितवनमा गरिन्छ । जस मध्य सबै भन्दा धेरै प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा हुने गरेको छ ।

नेपालमा मृगौला दाता पुरुषहरुको तुलनामा महिलाहरु अधिक रहेको छ । मृगौला लिन मध्य ८४% पुरुषहरु रहेको छ भने मृगौला दिनमा ७५% महिलाहरु रहेको छ । तेसैले पुरुषले महिलालाई मृगौला दियो भने प्रोत्साहन भत्ता ५० हजार पनि दिने ब्यबस्था सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेकोछ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउने मृगौला फेल हुने मध्य करिब २५% खाडिमुलुकबाट फर्किएका नेपालीहरु रहेको तथ्यांक छ ।