एमसीसी विरोधी प्रदर्शनकारीमा प्रहरीको गोली प्रहार

everest kitchen

काठमाडौं । एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली हानेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो ।

अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडपले उग्ररुप लिएपछि रबरको गोली हानि प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरिएको छ । बिरोधका बीच संसदमा टेबुल भएको छ ।