अमेरिकाबाट गीतकार किरण पल्पसाले ल्याइन् ‘लौन के गरौँ’ बोलको गीतको भिडियो

everest kitchen

काठमाडौं । बरिष्ठ साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’ सँग ह्याण्डसम मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले भिडियोमा देखाएका छन् ।

दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरुले रुचाउने कुरामा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए । हेर्नुहोस् भिडियो