पल र पुजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज

everest kitchen

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो ।

फिल्मले देशभरमा राम्रो शो समेत पाएको छ । १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछार गरेको कारण फिल्मको ब्यवसाय राम्रो हुने अपेक्षा निर्माण युनिटका रहेको छ । प्रिमियरमा समेत राम्रो प्रतिक्रिय पाएको फिल्म प्रेमकथामा बनेको हो ।

सुदर्शन थापा निर्देशित फिल्ममा हाल विवादमा रहेका नायक पल शाहको अभिनय रहेको छ । यस्तै पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको समेत फिल्ममा मुख्य भूमिका छ । फिल्म अर्जुन पोखरेलको संगीत छ ।