नेपाल लोकतान्त्रिक चेपाङ संघ दोस्रो महाधिवेशन आयोजक कमिटी घोषणा

everest kitchen

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका नारायणघाट स्थित होटल सतनचुलिमा शनिबार भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक चेपाङ संघ दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा तथा दोस्रो पूर्णबैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा लोकतान्त्रिक चेपाङ संघका उपाध्यक्ष पहल मान चेपाङको अध्यक्षता र नेकपा एमाले केन्द्रिय समिति सदस्य ,नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सह-ईन्चार्ज पासाङ शेर्पाको प्रामुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै, बिशेष अतिथिमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटे र तिथिहरु एमाले चितवन जिल्ला कमिटी सदस्य दान बहादुर गुरुङ,नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका राष्ट्रिय महाधिवेशन मुल आयोजक कमिटी सदस्य गोमन सिं लामा, एमाले जिल्ला कमिटी सदस्य सन्त बहादुर चेपाङ, नेत्री सुनी माया चेपाङ,नेता मिङ्मा कमि शेर्पा, एमालेको प्रतिनिधित्व गर्दै विभिन्न पालिकाको वडा बाट निर्वाचित चेपाङ वडा अध्यक्षहरु र चेपाङ नेताहरुको उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा महासचिव भोटे र सह-ईन्चार्ज शेर्पा ले कार्यक्रमलाई सम्बोधन साथै प्रशिक्षण पनि दिएको थियो। कार्यक्रममा प्रशिक्षण दिदै नेता शेर्पाले नेकपा एमाले छोड्नेले राज्नैतिक रुपमा आफुलाई सिध्याउने भएको हुदा अझै अवसर बाँकी भएकोले एमालेमा नै फर्किना आग्रह गरेका थिए ।