दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा

everest kitchen

काठमाडौँ । प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपैयाँ खर्च पनि धेरै होइन ।

जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि । समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् ।

केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा.महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।