लघुकथा : मलाई फेरि बुबा भन न,
संझना कुँवर (कुसुम )
मान्छेका भिडलाई उछिन्दै म माली गाउँ बस स्टेसनतिर लागें। कपडाले बनेका पोका बोकेका अघोरी एक हुल छोराछोरी हाम्रो अघि पछि हुँदै गए । भन्ट्याङ्ग भुन्टुङ बसमा चढ्डा चढ्दै उसकी छोरीका बाडिबल खसेर फुत्त हावामा खस्यो। प्रहरी र दुई चार जना खेद्दै गए र समातेर ल्याए।बिहान दस रुपैयाँ माग्ने त्यही बालक पो रहेछ।
त्यो बालकका हरेक खल्तिमा के के छ ? निकाल्न लगाए। मेरा आँखा हेरका हेरै भए । मेरा हातका घडि उसका खल्तीमा थियो । उसले चोरेको स्वीकार गर्यो। म खुशी भएँ ।
भिडका युवाले लछारपछार गरी कुटपिट गर्न थाले। मैले अँगालो हाली बालकलाई कुटपिट हुन दिइँन। सबैले के के सोचे कुन्नि ? मैले दस रुपियाँ हातमा दिदै भने , “अघिका जस्तै मलाई एक पल्ट बाबा भनन।´´