पिएनसीसीको क्षमता अभिबृद्धि तालिम सम्पन्न, नेपाल-मलेसियाबीचको सम्झौता कार्यनयन कहिले?

everest kitchen

मलेसिया । फेब्रुअरी २७ का दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रदान गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसीसी)को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

तालीममा मानवअधिकार, नेपाल सरकारले गरेका श्रम सम्झौता र कार्यान्वयन र नेपाली दुतावासहरुको कार्य र कर्तब्य सम्बन्धि रहेको थियो ।

कार्यक्रमको शुरुवात प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुल प्रसाद आचार्यले बक्ता तथा सहभागीहरुलाई स्वगत तथा धन्यबाद दिदै कार्यक्रमको बारेमा जानकारी गराएर गरेका थिए । मलेसिया तथा खाडि मुलुकमा रहेका नेपालीहरुले मानवअधिकार, श्रम सम्झौता र दुतावास सम्बन्धि प्रयाप्त जानकारी नभएकोले पनि धेरै समस्या तथा घटनाहरु भएकाले यस क्षमता अभिबृद्धि तालिम आयोजना गर्न आवश्यक रहेको उनलेे बताए ।

इक्वीडेम रिसर्च नेपालका संस्थापक तथा कार्यकारी निर्देशक साथै इक्वीडेम फाउन्डेशन बेलायतका निर्देशक रामेश्वर नेपालले मानवअधिकार र अन्तर्राष्ट्रिय श्रम सन्धिहरु, कानुन र घोषणा सम्बन्धि तालीम प्रदान गरेका थिए ।

उनलेे नेपालले मानवअधिकार सम्बन्धि परिभाषा र कानुनको बारे संक्षिप्तमा जानकारी दिएका थिए भने अन्तर्राष्ट्रिय श्रम सम्बन्धि सन्धि, कानुन र घोषणा बारे दफावार र शिलशिलाबद्धरुपमा जानकारी प्रदान गरेका थिए ।

नेपालले भने, “बैदेशीक रोजगारीमा रहेका नेपालीहरुले आफ्नो अधिकार र कर्तव्य सम्बन्धि जानकारी कम राखेको पाईएको छ । जसका कारण बलियोरुपमा आफ्नो अधिकार हननको बिरुद्ध आवज उठाउन सकेका हुदैनन् । जो आफ्नो अधिकार र कर्तव्य सम्बन्धि सचेत र जानकार छ र आफ्नो अधिकार हननको बिरुद्धमा आवाज उठाउछ । उनहरुलाई कार्वाही गर्ने गरेको पनि घटनाहरु छन ।”

साथै,उक्त बिषयमा नेपाली दुतावास तथा नेपाल सरकार सम्बन्धित निकायमा सहयोगको लागि याचना गर्दा कार्वाहीमा परेका नेपालीहरुलाई नै दोषी देखाउने र नेतागिरी नगर्न सुझाव दिएको बताउने धेरै नेपालीहरु रहेकाछन । यसर्थ बैदेशीक रोजगारी जाने नेपालीहरुले अधिकार र कर्तव्य बारे सचेतना बृद्धि गर्ने र नेपाली दुतावास तथा नेपाल सरकारको निकायले पनि यस्ता घटनाहरुमा नेपाली नागरिकहरुलाई उद्धार भावले सहयोग गरे बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको अधिकार सुनिश्चितता हुनेमा नेपालले बिश्वास ब्यक्त गरे ।

बैदेशीक रोजगारीमा जाने नेपालीहरुमा दक्षता न्युन रहेकोले नेपाल सरकारले दक्ष कनशक्ति बृद्धि गर्ने नीति बनाउनु पर्ने हुन्छ । जसका लागि बैदेशीक रोजगारी जान चाहाने नागरिकहरुलाई संघिय प्रदेश सरकारले लगानी गर्नु पर्ने दोस्रो बक्ता नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बिचार ब्यक्त गरे ।

उनका अनुसार, नेपाल मलेसिया बिच भएको सम्झौता कार्यनयन कोभिडको कारण रोकिएको छ । कोभिडको सहज परिस्थिति हुना साथ कार्यनयनकोलागि प्रयास भईरहेको छ । मलेसियाको समस्या समाधानको लागि मन्त्री स्तरीय भ्रमणको तयारी भईरहेकोसमेत भुसालले बताए ।

यसै गरि कार्यक्रममा नेपाली दुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले नेपाली दुतावासको कार्य र दायित्वको बारेमा जानकारी दिएका थिए । पन्थीले मलेसियामा रहेका नेपालीहरुलाई पर्ने समस्या समाधान तथा उद्धारको लागि नेपाली संघसंस्थाले खेलेकप भुमिका प्रति धन्यबाद ज्ञापन गर्दै यस प्रकारको सहकार्यलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

यस क्षमता अभिबृद्धि तालीममा नेपाली दुतावास मलेसियाका तर्फबाट श्रम सहचारी प्रकाश पन्थी प्रत्येक्ष तालिम हल मै उपस्थित रहेका थिए भने अन्य दुई बक्ताहरु भर्चुअल जुमबाट जोडिएका थिए । तालिममा मलेसियामा रहेका कृयाशिल नेपाली संघसंस्थाका २६ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।