युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन

everest kitchen

काठमाडौँ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन ।

उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने उनले बताए ।

यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ ।

मङ्गलबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन ।