वैदेशिक रोजगार टिम लाहाचोकद्वारा सहयोग रकम हस्तान्तरण

everest kitchen

पोखरा । बिपन्न परिवारका लागि केही राहत पुगोस् भनेर वैदेशिक रोजगार टिम लाहाचोक कास्कीले स्वदेश तथा विदेशमा रहेका गाउँबासी समक्ष सहयोगको अपिल गर्दै १ लाख २३ हजार जुटाइएर रक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वैदेशिक रोजगार टिमका सल्लाहकार राजेश घले , समाजसेवी भुपेन्द्र कुँवर , जेष्ठ नागरिक डम्बरबहादुर घर्ती क्षत्रीको विशेष उपस्थितिमा उक्त सङ्कलित रकम हस्तान्तरण गरिएको हो।

राजु क्षत्री अपुरो , कवि क्षत्री र सुशील श्रेष्ठद्वारा सङ्कलन गरिएको उक्त रकम रेशम खनालको परिवारलाई रु ६६०००/ , बुद्धि बहादुर कार्कीलाई रु ४१०००/ र दुबै हातका औला काटिएर उपचार गराइरहेका बाबुराम परियारको लागि रु १५०००/ हस्तान्तरण गराइएको टिम व्यवस्थापक सुशील श्रेष्ठले जानकारी गराए।

कार्यक्रममा भुपेन्द्र कुँवरले वैदेशिक रोजगार टिमले खेलेको भुमिकाको प्रशंसा गर्दै सानो रकमले पनि कहिलेकाहीं ठूलो काम हुन सक्ने र जुन उद्देश्यले दिइएको हो सहि सदुपयोग गर्न आग्रह गरे।

जुना जीसीले गरिविको रेखामुनि रहेका दुई परिवारलाई यथासक्दो सहयोग गर्न आफुले अपिल गरेको र टिमले आफ्नो भुमिका निभाएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा ठूलो पधेरा रानाभाट आमा समुह लाहाचोककी अध्यक्ष अनु रानाभाट लगायत प्रदिप जीसीको पनि विशेष उपस्थिति रहेको थियो।