रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता

everest kitchen

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् ।

युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र प्रदर्शन भए ।
यद्यपि, यो प्रदर्शन नयाँ होइन । थुप्रै पुलिसबल र सुरक्षाकर्मीको उपस्थितिमा यो प्रदर्शन भइरहेको छ ।

यतिबेला थुप्रै मानिसलाई पक्राउ पनि गरिएको छ र उनीहरुलाई तितर बितर गर्नका लागि प्रहरीले हिंस्रक रुपमा उत्रिएको छ ।