एउटै गाउँबाट चार करोडको सुन्तला निकासी

everest kitchen
photo file

बेनी । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ ।

पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।

“गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो”, उनले भने, “भाउ पनि राम्रो पाइयो ।” उहाँका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् ।

सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन् ।