मलेसियन स्वास्थ्य मन्त्रालयले भन्यो: “३१ मार्च भित्र अनिवार्य बुस्टर डोज लगाउनु”

everest kitchen

एजेन्सी । मलेसियामा बोस्टर डोजको अन्तिम मिति मार्च अन्तिमसम्म तोकिएको छ । सिनोभ्याक प्राइमरी भ्याक्सिन लगाएकाले अनिवार्य मार्च ३१ सम्म बुस्टर डोज खोक लगाउन अनुरोध गरिएको छ ।

मलेसियामा एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाका स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले पूर्ण खोपको मान्यता कायम राख्न मार्च ३१ सम्म बुस्टर डोज लगाउन अनुरोध गरेका हुन । यद्यपि उक्त मिति भित्र खोप नलगाएमा सिनोभ्याक लगाउनेहरुको खोपको अपूर्ण मात्रा मात्रै मानिने बताए ।

“अप्रिल १ देखि, १८ वर्ष वा सोभन्दा माथिका सिनोभ्याक प्राथमिक खोप प्राप्त गर्ने र बुस्टर डोज नलिने ज्येष्ठ नागरिकहरूका लागि, उनीहरूको खोपको स्थिति पहेंलोबाट सेतोमा परिवर्तन हुनेछ। यो अन्तिम हो,” उनले भने।

साथै उनले मलेसियामा गएको ७२ घण्टामा ११५ जनाको कोभिड-१९ संक्रमणबाट निधन भएको समेत जानकारी दिए । अझैपनि सचेत रहेर स्वास्थ्य मापदण्ड अपनाएर बस्नुपर्नेसमेत उनलेे अनुरोध गरे । बर्नामाबाट