त्रिवेणीमा यमन बाँठाको अध्यक्षमा ७१ सदस्यीय वाईसीएल कमिटी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यमन बाँठाको अध्यक्षतामा ७१ सदस्यीय वाईसीएल गाउँ कमिटी चयन भएको छ । बिहीबार  तेस्रो गाउँ सम्मेलनले बाँठाकाे अध्यक्षतामा ६० सदस्यीय अहिले र बाँकी मनोनयन गर्ने गरी गाउँपालिका समिति गठन गरेकाे हाे ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट वाईसीएलको नयाँ कमिटीमा अध्यक्ष यमन बाँठा, उपाध्यक्षमा विशाल ओली र राजन डाँगी, सचिव रेशम पुन,सह-सचिव कमल ओली,निर्मल पुन र गजेन्द्र खड्का, कोषाध्यक्षमा सविन ओली र कार्यलय सचिवमा जनक केसी चयन गरिएको जनाएको छ ।

संगठन का संयोजक शेर बहादुर मल्ल को अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा संगठनका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कमिटी सहसंयोजक शैलेस शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रका केन्द्रिय सल्लाहकार परिषद सदस्य मिन बहादुर ओली, कर्णाली प्रदेश कमिटी सदस्य झक्कु प्रसाद घर्ती मगर, नेताहरू निर्मला विष्ट खड्का, गणेश केसी, मोहन किशोर ओली, संगठन जिल्ला संयोजक जनक विश्वकर्मा, संगठन जिल्ला ईन्चार्ज लक्षण ओली, सहसंयोजक गोबिन्द ओली गाउँपालिका पार्टी पदाधिकारीको उपस्थिति रहेको थियोे ।