राक्सिराङ्का युवा नेता तितुङ काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा निर्वाचित

everest kitchen

सविन कुमार तामाङ
मकवानपुर : नेपाली काङ्ग्रेस मकवानपुर जिल्लाको १४ औं अधिवेशनबाट राक्सिराङ गाउँ पालिकाको युवा नेता जय बहादुर तितुङ फागुन १६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित भएका छन ।

नेता तितुङ लामो समय संघर्ष पछि आफ्नो प्रतिद्वन्द्वी अशोक तामाङ र छत्र बहादुर तामाङ लाई पछि पार्दै जिल्ला सदस्यमा निर्वाचित भएका नेता तितुङले आफू निर्वाचित भए पछि आफ्नो जिम्मेवार आफुलाई दिएको दिएको मायाको कदर गर्दै आफुले गर्नु पर्ने हरेक काम कार्वाहीलाई बिपिको सिद्धान्त लाई लिएर आफ्नो पार्टी भित्र भएको केही कमिकमजोरी लाई सुदृढ गर्ने नेता तितुङले बताए।

त्यस्तै नेता तितुङ ले १४ औं अधिवेशनमा निर्वाचित गराउने नेता तथा प्रतिनिधि हरुलाई धन्यवाद ब्यक्त गरेका छन् । पराजित हुने प्रतिद्वन्द्वीलाई पनि धन्यवाद सँगै भावी दिनमा पार्टीको कम कार्वाहीमा साथ साथै अघि बढ्न आह्वान गरे ।

नेता तितुङ २०७४ को स्थानीय निर्वाचन बाट राक्सिराङ-८ को वडा सदस्यमा निर्वाचित भएका थिए ।