मलेसियाको चेरास रंगशालामा फुटबल फ्यानहरू बीच झडप, दुई पक्राउ

everest kitchen

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै चेरास रंगशालामा दुई फुटबल समर्थकहरूबीच झडप भएको छ । शनिबार चेरास स्टेडियम बाहिर झगडा भएपछि दुईजना पक्राउ परेका छन् ।

चेरास ओसीपीडी सहायक कमाण्ड मुहम्मद इदजाम जाफरका अनुसार १२ बजे दिउसो क्वालालम्पुर सिटी र सेलान्गोर एफसीका प्रशंसकहरू बीच झगडा भएको हो ।
प्रहरीले झगडा रोक्न खोजेपनि उनीहरूले अटेर गरेपछि नियन्त्रणमा लिईएको थियो ।

२२ र २३ वर्षका उनीहरूदुवै जनालाई फागुन ७ गतेसम्म हिरासतमा राखिएको छ ।‘कानुनविपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

मलेसियामा हुने यस्ता विभिन्न खेलमा झडप हुने गरेको छ । केही वर्षपहिले नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा नेपाली खेलाडी समर्थकलाई आक्रमण गरिएको थियोे ।एजेन्सीको सहयोगमा